सम्मान मलाई होइन, सम्मानका सच्चा हकदार त मेरा आदरणीय मतदाताहरू हुनुहुन्छ, जसले विश्वासका साथ आफ्नो अमूल्य मत दिएर मलाई विजयी गराउनुभयो।
म साँच्चै सम्मानको लायक त्यो बेला हुनेछु, जब यो निर्वाचनले वास्तविक अर्थमा सार्थकता पाउनेछ र मैले जनताको विश्वासलाई कामबाट प्रमाणित गर्न सक्नेछु।
केही समय ढिला हुन सक्छ, तर म मेरो क्षेत्रका हरेक वडामा अवश्य उपस्थित भएर जनताको सुझाव, समस्या र अपेक्षाहरू प्रत्यक्ष सुन्नेछु।
तपाईंहरूको विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो।
जय देश ! जय मधेश !! जय जनता !!! जय घण्टी 🔔