Tole Free Number: 1810-5000-242

किसानले समयमा उखुको भुक्तानी र सरकारले घोषणा गरेको अनुदान नपाउनु अत्यन्त दुःखद

आइतवार , आषाढ २१, २०८३

उखुलाई “ नगदे बाली ” भनिए पनि अहिले “ उधारो बाली ” भएको छ। किसानले समयमा उखुको भुक्तानी र सरकारले घोषणा गरेको अनुदान नपाउनु अत्यन्त दुःखद विषय हो। त्यसैले आ.व. २०८१/०८२ को बाँकी रु. ३५ अनुदान तथा चालु आ.व. २०८२/०८३ को प्रति क्विन्टल रु. ७० अनुदान रकम अविलम्ब भुक्तानी गरियोस्। साथै, उधारोमा उखु खरिद गरी किसानलाई पैसा नदिने चिनी मिलहरूलाई कानूनी दायरामा ल्याइनु पर्यो ।
पेट्रोल–डिजेल महँगिँदा भाडा तुरुन्त बढ्छ, तर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन्। राज्यले बर्खे धानझैँ मकै,उखु लगायत कृषि उपजको खरिद मूल्य उत्पादनअघि नै तोक्ने व्यवस्था गरे किसान आत्मनिर्भर र सुरक्षित बन्न सक्छन्। साथै, मलखादको सहज आपूर्तिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु।

Narendra Sah