Narendra Sah

Social Worker and Politican

पूर्वसांसद साहले गरे आगलागी पीडितलाई घरै पुगेर सहयोग


  • October 14, 2022

  • सर्लाही । आगलागीबाट घर जलेर ध्वस्त भएका हरिवन नगरपालिका–१ का इन्द्रबहादुर घिसिङको परिवारलाई पूर्वसांसद तथा समाजसेवी नरेन्द्र साहले घर निर्माणमा मद्दत र खाद्यान्न सहयोग गरेका छन् । आगलागीपछि खुला आकाशमा बस्न बाध्य घिसिङ परिवारले पूर्वसांसद साहकोे सहयोगपछि ओत लाग्ने छानो पाएका छन् ।

    मजदुरी गर्ने क्रममा लडेर कम्मरभन्दा तलको भाग नचल्ने भई पूर्णरुपमा अशक्त भएका घिसिङको घरमै पुगेर साहले ३ बोरा चामल, १० किलो दाल, ५ पोका नुन, ५ केजी आलु, २ लिटर तेल र कपडा प्रदान गरेका हुन् ।

    सोही वडाका वडाध्यक्ष टमबहादुर घिसिङले इन्द्रबहादुरको दुरावस्थाबारे जानकारी गराएपछि सहयोगका लागि आफू पुगेको साहले बताए । निर्माणाधिन अवस्थामा अलपत्र रहेको असक्त घिसिङको घरको निर्माण सम्पन्न गर्न साहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । गत निर्वाचनमा सर्लाही क्षेत्र ३ बाट स्वतन्त्र लडेर पराजित भए पनि आफ्नो क्षेत्रका विपन्न र समस्यामा परेकालाई साहले निरन्तर सहयोग गर्दै आएकोमा वडाध्यक्ष घिसिङले साहको प्रशंसा गरे ।

    ‘चुनाव हारे पनि आफ्नो क्षेत्रका जो कोही समस्यमा परेकालाई सहयोग गर्ने कार्य सराहनिय हो,’ वडाध्यक्ष घिसिङले साहको सहयोगको सराहना गर्दै भने, ‘यस्ता समाजसेवीको देशलाई खाँचो छ, उहाँको सहयोगप्रति हामी आभारी छौं ।’

    आगलागीमा परेर फुसको कच्ची घर जलेपछि इन्द्रबहादुर तथा उनका दाजु दुर्गा बहादुरको परिवार नजिकै रहेको विद्यालयमा बस्दै आएको थियो । पछि केही अभियन्ताहरुले उनको घर निर्माण गर्न सुरु गरेका थिए । सो घरमा छानो हाल्ने र बरण्डा बनाउनेलगायत काम बाँकी थियो । साहले उनीहरुको घरमा टिनको छाना लगाउने र अन्य बाँकी कामहरु गरेर घरमै बस्ने वातावरण मिलाएका हुन् ।

    घरमा हाल्न बाँकी झ्याल, ढोकालगायत अन्य काम आफूले नै छिटै गरिदिने पूर्वसांसद साहले प्रतिवद्धता जनाएका छन् । साहले आफू राजनीतिमा पनि सेवा भावले नै आएको उल्लेख गर्दै यसबाट आफूले सन्तुष्टि पाउने गरेको बताए ।


    Comments
    More Content
    © copyright 2025 and all right reserved to Narendra Sah | Site By : SobizTrend