
सर्लाही । हरिवन नगरपलिकाको वडा १ र ८ को सीमानामा पर्ने बिलन्दी खोलाले बिगारेको बाटो पूर्वसांसद नरेन्द्र साहले बनाइदिएका छन् । हरिवन–१ मा आगलागी पीडितलाई सहयोग गर्न जाने क्रममा उक्त सडक बिग्रेको देखेर साहले आफ्नै पहलमा बनाइदिएका हुन् ।
साह आफू चढेको गाडी नै खोलाको उक्त बाटोमा गुड्न नसेपछि उनले तत्कालै स्काभेटर मगाएर मर्मत गराइदिएका थिए । स्काभेटर लगाएर खोला किनारको ग्रोभल हालेर उनले बाटो सम्याइदिएका थिए । साहले तत्कालै आफ्नो पहलमा बाटो बनाइदिएपछि स्थानीय खुसी भएका छन् ।
संविधान जारी गर्ने बेलाका संविधानसभा सदस्य साह २०७४ सालको आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारकाे रूपमा प्रतिनिधिसभा सदस्यमा उठेका थिए चुनाव हारे पनि आफ्नो क्षेत्रमा विकास निर्माण र अन्य सहयोगमा साहको योगदान अरुभन्दा निकै बढी रहेको स्थानीयले बताएका छन् ।