Narendra Sah

Social Worker and Politican

समाजसेवी नरेन्द्र साहद्वारा स्वास्थ्य सामग्री सहयोग


  • October 14, 2022

  • काठमाडौं । कोरोनाको दोस्रो लहरबाट भिडभाड हुने शहरी क्षेत्रमात्र नभइ ग्रामिण भेगमा पनि निकै असर गर्यो । शहरी क्षेत्रमा कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालनालाई कडाइसाथ अवलम्बन गरियो ।

    राज्यको ध्यान भिडभाड हुने शहर केन्द्रीत हुँदा गाउँसम्म ध्यान जान सकेन । यस्तो बेला गाउँ सम्झेर जनप्रतिनिधिले पनि केही गर्न खासै चासो देखाएनन् ।

    केही स्थानीय तहले रोकथामको सामान्य उपायहरु मात्र गरे । यस्तै बेला सर्लाहीका समाजसेवी नरेन्द्र साहले काठमाडौंबाट आइतबार आफ्नो क्षेत्रमा जनस्वास्थ्यका लागि उपयोगी सामग्री पठाएका छन् ।

    sahayog.jpg

    सर्लाहीको संसदीय निर्वाचन क्षेत्र ३ मा पर्ने ५१ वटा वडामा वितरण गर्न मास्क र स्यानिटाइजर पठाएको उनले बताए । २५ हजार थान मास्क र पाँच सय लिटर स्यानिटाइजर, केही थान पिपिइलगायतका सामग्री आवश्यक पर्ने व्यक्तिलाई वितरण गर्नका लागि पठाइएको हो । हरेक वडामा पाँच सय मास्क र दश लिटर स्यानिटाइजर वितरण गर्ने योजना छ ।

    गत संसदीय चुनावमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवारी दिएका साहले चुनाव हारे पनि आफ्नाे क्षेत्रका जनताका लागि निरन्तर सहयाेग गर्दै आएका छन् ।

    ‘मास्क र स्यानिटाइजर आवश्यक पर्नेलाई वितरण गरिने छ,’ समाजसेवी साहले भने, ‘अहिले उपचारभन्दा पनि कोरोना भाइरसको संक्रमणबाट जोगिनेतर्फ ध्यान दिनुपर्ने देखिएको छ । त्यसैले कोरोनाबाट बच्न उपयोगी हुने सामग्री पठाइएको हो ।’

    गतवर्ष पनि साहले कोरोना महामारी सुरु हुने वित्तिकै सर्लाहीका २० वटै स्थानीय तहलाई जनही एक हजार वटा मास्क र स्यानिटाइजर सहयोग गरेका थिए । त्यसवेला नेपालमा मास्ककाे हाहाकार नै थियाे । त्यसैगरी नेपाल-भारत सीमा बन्द भएका बेला बाेर्डरमा गस्ती गर्न सहज होस भनेर साहले सशस्त्र प्रहरीलाई २० थान साइकल पनि प्रदान गरेका थिए ।

    यसबाहेक जिल्लामा स्वास्थ्य टोली लिएर जानेबारे गृहकार्य भइरहेको उनले जानकारी दिए । गाउँमा स्वास्थ्य परीक्षण गर्न सहज नभएकाले घरदैलोमा स्वास्थ्य सेवा दिनेगरी चिकित्सकको टोली लिएर जाने बारे गृहकार्य भइरहेको उल्लेख गर्दै उनले केही दिनभित्रै यसमा प्रगति हुने बताए ।


    Comments
    More Content
    © copyright 2025 and all right reserved to Narendra Sah | Site By : SobizTrend