
सर्लाही । छठ पर्वको पवित्र अवसर पारेर पूर्वसांसद एवं समाजसेवी नरेन्द्र साहले बुधबार सर्लाहीको घुर्काैलीस्थित द्वन्द्वपीडित बालगृहमा खाद्यान्न सहयोग गरेका छन् ।
साहले हरिवन नगरपालिका–५ मा रहेको उक्त बालगृहलाई चामल, तेल, चिनी, नुन, तरकारीलगायतका खाद्यान्न सहयोग गरेका हुन् । पूर्वसांसद साह सर्लाहीको क्षेत्र नम्बर ३ बाट गत चुनामा प्रतिनिधिसभामा चुनाव लडेका थिए । उनले आफ्नो निर्वाचन क्षेत्रलगायत जिल्लाभरी आवश्यक ठाउँमा सँधै सहयोग गर्दै आएका छन् ।
छठ पर्वको अवसमार शुभकामना आदान प्रदानका लागि गृह जिल्ला पुगेका साहले सहयोग गरेकोमा बालगृहले आभार प्रकट गरेको छ । द्वन्द्वका बेला अभिभावक गुमाएका बालबालिकालाई उक्त बालगृहमा निशुल्क बस्ने र पठनपाठनको व्यवस्था मिलाइएको छ ।