
सर्लाही । समाजसेवी एवम् पूर्वसांसद नरेन्द्र साहले मंगलबार सर्लाहीको हरिवनमा बौद्विक तथा शारीरिक अपाङ्ग मानव सेवा संस्थाका सदस्यहरूलाई पोसाक प्रदान गरेका छन् ।
मनकारी समाजसेवी साहकै पहलमा दर्ता भएको संस्थाका १५ जना सदस्यहरूलाई ढाकाको पोसाक प्रदान गरेका हुन् ।
समाजसेवी साह आफैं मंगलबार दिउँसो हरिवन नगरपालिका-८, स्थित कार्यालयमा आएर पोसाक उपलब्ध गराएको संस्थाकी अध्यक्ष अन्जना पन्त कडरियाले जानकारी दिइन् ।
यसैगरी, समाजसेवी साहले मंगलबार नै हरिवन नगरपालिका-८, का भोजबहादुर मगरलाई खाद्यान्न उपलब्ध गराएका छन् ।
छतबाट लडेर घाइते मगरलाई साहले २ बोरा चामल, ५ किलो चिउरा, ५ किलो दाल, नुन, तेललगायतका खाद्यान्न सहयोग गरेका हुन् ।
साहले यसरी पटक-पटक समाज सेवा गर्दै आइरहेका छन् ।
साहले सोमबार बरहथवा, बागमती, चक्रघट्टालगायतका स्थानमा पुगेर स्थानीयहरूसँग शुभकामना आदानप्रदान गरी होली समेत मनाएका थिए ।