
सर्लाही । पूर्वसांसद एवं समाजसेवी नरेन्द्र साहले आफ्नो गृहजिल्ला सर्लाहीमा कोरोना संक्रमण रोकथाममा सहयाेग पुर्याउने उदेश्यले शनिबार ५० हजार थान मास्क र २ हजार लिटर सेनिटाइजर वितरण गरेका छन् ।
सर्लाहीको संसदीय निर्वाचन क्षेत्र ३ मा पर्ने गाउँका वासिन्दा, सामाजिक संघसंस्था र नेपाल पत्रकार महासंघलगायतलाई ती सामग्री वितरण गरिएको साहका सहयोगी रोशन लामाले जानकारी दिए ।
साहले गतवर्ष पनि संक्रमण बढेका बेला जिल्लाका २० वटै स्थानीय तहमा मास्क र सेनिटाइजर वितरण गरेका थिए । त्यसैगरी कोरोना संक्रमण फैलन नदिन भारतसंगको सीमा बन्द गरिएका बेला सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा गस्ती गर्न सहज होस भनेर साहले २० थान साइकल पनि दिएका थिए ।